२४ असार २०८३, बुधबार

रजनीकान्तले गरे जयललिता सम्बन्धी ठूलो खुलासा

कात्तिक २०, २०७४
रजनीकान्तले गरे जयललिता सम्बन्धी ठूलो खुलासा
काठमाडौं, २७ मंसिर — दक्षिण भारतीय फिल्महरूका महानायक र दक्षिणीहरूमा भगवानको दर्जा पाएका रजनीकान्तको सोमवार जन्मदिन परेको छ । जन्मदिनको पूर्वसन्ध्यामा रजनीकान्तले एक ठूलो खुलासा गरेका छन् ।


यो खुलासा तमिलनाडुकी दिवंगत मुख्यमन्त्री जयललिताको विषयमा हो । रजनीकान्तका अनुसार जयललिताले १९९६ को विधानसभा चुनाव उनकै कारणले हारेकी थिइन् ।

त्यतिखेर चुनावमा उनले जयललिताको निन्दा गरेका थिए र जयललिता यसै कारण तनावमा थिइन् ।

एआइएडीमएमकेको चुनावी अभियानका दौरान रजनीकान्तका शब्दवाणले जयललितालाई व्यथित गरेको थियो । जयललिताले सत्ता पाइन् भने भगवानले पनि तमिलनाडुलाई बचाउन सक्दैन भनेका थिए रजनीकान्तले त्यतिखेर ।

तर पछि जयललिता रजनीकान्तकी छोरीको बिहेमा आएकी थिइन् ।

यस्तो सुनौलो हृदय भएकी जयललिताको निधनले आफूलाई दुःख लागेको रजनीकान्तले बताए ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्