०४ साउन २०८३, सोमबार

गान्धीको समाधीस्थलमा राखिएको आगन्तुक पुस्तिकामा यस्तो लेखे ओलीले

गान्धीको समाधीस्थलमा राखिएको आगन्तुक पुस्तिकामा यस्तो लेखे ओलीले

काठमाडौं, २४ चैत-दक्षिणी छिमेकी मुलुक भारतको ३ दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधीस्थलमा पुगेर पुष्पगुच्छा अर्पण गरेका छन् ।

समाधीस्थलमा पुष्पगुच्छा अर्पण गर्दै प्रधानमन्त्री ओलीले गान्धी भारतको अमर छोरा मात्र नभई मानव जातिकै पथप्रदर्शक भएको विचार व्यक्त गरेका छन् ।

आगन्तुकपुस्तिकामा उनले लेखेका छन्, 'उच्चतम मानवीय गुण बोकेर उहाँले हामीलाई प्रेम, सत्यता र अहिंसाको मूल्य सिकाएर जानुभएको छ । हामीले संसारमा देख्न चाहने परिवर्तन आफैँमा ल्याउन सक्नुपर्दछ मात्र भन्नु भएन, आफैँले त्यसको अभ्यास गर्नुभयो । संसारले उहाँबाट नैतिक शक्तिको महत्त्वका साथै महान व्यक्तिगत आचारणले संसारलाई गर्ने अनुकम्पा कस्तो हुन्छ भन्ने देखाउनुभएको छ ।'

हेर्नुहोस्, ओलीले लेखेको सन्देश :

salt training

कमेन्ट गर्नुहोस्