२५ जेठ २०८३, सोमबार

रारा भ्रमणको निम्तो बाँड्द‌ै मुख्यमन्त्री शाही, कर्णाली प्रदेशलाई समृद्ध बनाउने प्रतिवद्धता

चैत २४, २०७४
रारा भ्रमणको निम्तो बाँड्द‌ै मुख्यमन्त्री शाही, कर्णाली प्रदेशलाई समृद्ध बनाउने प्रतिवद्धता

सुर्खेत, २४ चैत - कर्णाली प्रदेशलाई आगामी ५ वर्षभित्र आत्मनिर्भर प्रदेश बनाउने स‌कल्पसहित मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले वैशाख १ गते रारा आउन सबैलाई निम्तो दिएका छन् ।

केही दिनदेखि काठमाडौंमा रहेका मुख्यमन्त्री शाहीले अहिलेसम्म प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्रीहरु, सबै प्रदेशका मुख्यमन्त्रीहरुलाई रारा आउन निम्तो दिइसकेका छन् ।

प्रदेश सरकारको महत्वाकांक्षी निर्णय कर्णाली–रारा पर्यटन बर्षलाई सफल बनाउन मुख्यमन्त्री, सरकारका अन्य मन्त्रीहरुको दौडधुप बढिरहेको छ भने तयारी पनि तीव्र रुपमा गरिँदैछ ।

प्रधानमन्त्री ओलीले प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकमा प्रमुख आतिथ्यतासमेत हुने भएकाले त्यसको आवश्यक तयारीका लागि काठमाडौं आएको उनले जानकारी दिए । ‘हामी कर्णाली प्रदेशलाई समृद्ध बनाईछाडछौं ।’ उनले भने, ‘तर यसकालागि सबैले काम गर्ने बातावरण दिनुपर्छ ।’ मुख्यमन्त्री शाहीले रारा आउने निम्तो दिन अब राजदुतहरु र केही विशिष्ट महानुभावहरु मात्रै बाँकी रहेको बताए ।

‘सबैको ध्यान अहिले रारामा तान्न सफल भएका छौं ।’ उनले भने, ‘प्रदेशलाई चर्चामा ल्याउने र पर्यटन प्रवृद्धन गरेरै पनि प्रदेशलाई आत्मनिर्भर बनाउन सकिन्छ ।’ मुख्यमन्त्री शाहीले वैशाख २ गतेसम्मका लागि निजी तथा सरकारी एअरलाइन्सलाई सुर्खेत विमानस्थलमा तयारी अवस्थामा रहन आग्रह गरेको बताए ।

‘हामीले विमान सेवा प्रदायकहरुसँग सुर्खेत–रारा उडानका बारेमा छलफल गरिरहेका छौं । उहाँहरु हामी प्रति सकारात्मक हुनुहुन्छ ।’ मुख्यमन्त्री शाहीले थपे, ‘उहाँहरुको व्यवसाय पनि बढ्ने र कर्णालीवासीले सेवा पनि पाउने र पर्यटकहरुलाई थप राहत हुने भएकाले हामीले जहाजको व्यवस्था गर्न आग्रह गरेका हौं ।’ मुख्यमन्त्री शाहीको आइतबार विभिन्न व्यवसायी, राजदुतहरुसँग छलफल गरेर सुर्खेत फर्कने कार्यक्रम रहेको छ ।

 विकास हुने आशा पलायो

कर्णाली प्रदेश सरकार कर्णाली–रारा पर्यटन वर्ष मनाउने र वार्षिक ५ लाख बढी पर्यटक भित्राउने घोषणा गरेपनि त्यो सम्भव नभएको बताउने आलोचकहरु परिवर्तन भएका छन् । एक आलोचकले नाम नबताउने शर्तमा भने, ‘पहिले पहिले सरकारले गरेका निर्णय कार्यान्वयन गर्न नसक्ने हुन कि भन्ने लागिरहेको थियो ।’ उनले भने, ‘तर अहिले मुख्यमन्त्री, सबै मन्त्रीहरु त्यसलाई सफल बनाउन लागिरहेको देख्दा यो सरकारले केहि गर्छ कि भन्ने आशा लागेको छ ।’

मुख्यमन्त्री शाहीकै पहलमा वीरेन्द्रनगरमा ५० वर्षपछि ठुलो जहाज अवतरण भएको भन्दै त्यो कार्य पनि ऐतिहासिक भएको होटल व्यवसायी संघ सुर्खेतका अध्यक्ष तर्कबहादुर शाही बताउँछन् । ‘सबैले भन्ने तर नगर्ने परिपाटी थियो यसअघि ।’ उनले भने, ‘जे भने त्यहि गर्ने मुख्यमन्त्री पाएका रहेछौं ।’ मुख्यमन्त्री शाही नेतृत्वको सरकारलाई सबैले सहयोग गरे समृद्धि टाढा नरहेको उनको भनाई थियो ।

salt training

कमेन्ट गर्नुहोस्