१७ असार २०८३, बुधबार

वैशाख ९ मै पार्टी एकता हुन्छ, कुनै विषयमा विवाद छैन : नेता पौडेल

चैत २४, २०७४
वैशाख ९ मै पार्टी एकता हुन्छ, कुनै विषयमा विवाद छैन : नेता पौडेल

बुटवल, २४ चैत– नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले वैशाख ९ गते एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने बताएका छन् । २२ अप्रिलको दिन लाखौं जनताको उपस्थितिमा दुई पार्टीबीच एकता घोषणा हुने पौडेलले ठोकुवा गरे । 

प्रेस चौतारी नेपाल, रूपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले माओवादीले प्रयोग गर्दै आएको जनयुद्ध र चुनाव चिह्नको बारेमा मिडियामा आएजस्तै कुनै विवाद नभएको स्पष्ट पारे । ‘दुई पार्टीबीच कुनै प्रकारको विवाद छैन’ पौडेलले भने, ‘पारस्परिक सम्मानका साथ एकता हुन्छ । यसमा कुनै शंका मन्नु पर्दैन । बलियो राजनीतिक केन्द्र बनाउँछौं ।’ 

तर पौडेले धेरै जनताले चिनेको चिह्न नै एकतापछि बन्ने पार्टीको चुनाव चिह्न हुने स्पष्ट पारे । पूर्व अर्थमन्त्री समेत रहेका पौडेलले इतिहास, योग्यता र क्षमताका आधारमा नेता÷कार्यकताको व्यवस्थापन हुने बताए ।

उनले भने, ‘एकले अर्कोलाई तल पार्ने पार्ने काम हुँदैन । योग्यता÷क्षमताको पूर्ण कदर हुन्छ ।’ पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणले दुई देशबीचको सम्बन्ध महत्वपूर्ण हुने बताए । अब मुलुक आर्थिक समृद्धिको दिशामा अगाडि बढ्ने पौडेलको भनाइ छ । जनताले मुलुकमा स्थिरता चाहेको भन्दै त्यो चाहना पूरा हुने चरणमा आफूहरू आइपुगेको नेता पौडेलले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्