
नयाँ दिल्ली, २५ चैत- भारतको तीन दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीको उत्तराखण्ड जाने निर्धारित समयमा ढिलाई भएको छ ।
ओली उत्तराखण्डको पन्तनगरस्थित कृषि विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन जान लागेका हुन् । त्यहाँ ओलीलाई मानार्थ विद्यावारिधिबाट विभूषित गर्ने कार्यक्रम रहेको छ ।
पूर्वनिर्धारित कार्यतालिका अनुसार प्रधानमन्त्री ओली आजै नेपाल फर्कने कार्यक्रम रहेको छ ।
उत्तराखण्डको जिडी पन्त कृषि बिश्वबिद्यालयमा रहेको उनको यो अन्तिम कार्यक्रममा ढिलाई भएपछि स्वदेश फर्किने कार्यक्रममा पनि ढिलाई हुने अनुमान गरिएको छ ।