३० जेठ २०८३, शनिबार

ब्राजिलका पूर्वराष्ट्रपति लुला जेलमा, लोकप्रिय नेताको राजनीतिक अवसान

ब्राजिलका पूर्वराष्ट्रपति लुला जेलमा, लोकप्रिय नेताको राजनीतिक अवसान

ब्राजिल, २५ चैत-ब्राजिलका अत्याधिक चर्चित नेता जुइज इनासिओ लुला डा सिल्भाले आइतबार जेलमा पहिलो दिन विताउनुभएको छ । 

ब्राजिलका पूर्वराष्ट्रपतिसमेत रहनुभएका लुलालाई घोषणा गरिएको १२ वर्षे जेल सजायको पहिलो दिन बिताउनुभएको हो । 

उहाँको जेलजीवनको पहिलो दिनलाई विश्वका एक लोकप्रिय नेताको राजनीतिक अवसानको दिनको रुपमा हेरिएको छ । 

ब्राजिलका पूर्वराष्ट्रपतिमध्ये भ्रष्टाचारको अभियोगमा जेल सजाय पाउने उहाँ नै पहिलो पूर्वराष्ट्रपति हुनुभएको छ । 

उहाँलाई संघीय प्रहरी मुख्यालय कुरितिबामा रहेको १६० वर्ग फुट अर्थात् (१५ वर्गमिटर) क्षेत्रफलमा राखिएको छ । “त्यही नै उहाँको अवको नयाँ घर भएको छ,” अधिकारीले भनेका छन् । 

ब्राजिलको प्रहरीसमक्ष आत्मसमर्पण गर्न दिइएको समयसीमाभित्र उहाँले आत्मसमर्पण नगर्नु भएपछि प्रहरीले उहाँलाई हिजो नियन्त्रणमा लिएको थियो । 

आउँदो अक्टोबरमा हुने भनिएको राष्ट्रपतीय निर्वाचनलाई मध्यनजर गरेर आपूm विरुद्ध भ्रष्टाचारको झुटा मुद्दा लगाइएको उहाँले बताउदै आउनुभएको छ । 

ब्राजिलको वर्कर्स पार्टी (पिटी)ले पार्टीका संस्थापक अध्यक्ष तथा पूर्वराष्ट्रपति लुलालाई आगामी राष्ट्रपतीय निर्वाचनमा उम्मेदबार बनाउने घोषणा गत जनवरी मै गरेको थियो । 

उहाँलाई भ्रष्टाचार र स्रोत नखुलेको सम्पत्तिसम्बन्धी मुद्दा लगाइएको छ । एउटा सरकारी भवन निर्माणसम्बन्धी सम्झौतामा आफ्नो पक्षको कम्पनीलाई दिलाउने कार्यमा संलग्न भएको आरोप उहाँलाई लागेको छ । 

salt training

कमेन्ट गर्नुहोस्