१३ असार २०८३, शनिबार

जुवा नियन्त्रण गर्न काठमाडौं प्रहरीको विशेष अभियान, ३ दिनेमा ३८ जना जुवाडे पक्राउ

जुवा नियन्त्रण गर्न काठमाडौं प्रहरीको विशेष अभियान, ३ दिनेमा ३८ जना जुवाडे पक्राउ

काठमाडौं, २५ चैत– महानगरीय प्रहरी परिसर काठमाडौंले अवैध जुवा नियन्त्रणका लागि विशेष अभियान शुरु गरेको छ । प्रहरीले जुवा नियन्त्रण अभियान शुरु गरेको ३ दिनमा ३८ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । 

प्रहरीले काठमाडौंको गाकेणेश्वर–८ अरुबारी, स्वीचाटार, कुलेश्वर र कलंकीमा अवैध रुपमा जुवा खेल्ने तथा खेलाउने व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुबाट ३ लाख ६१ हजार ५ सय ६० रुपैयाँ समेत बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहन थापाले बताए । 

प्रहरीले गोकणेश्वर–८ आरुबारीमा रहेको गंगा लामाको घरमा दैनिक रुपमा जुवातास खेलाउने गरेको सूचना प्राप्त भए पछि गत बिहीवार छापा मार्दा ६ जना जुवाडेलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट ७७ हजार ३ सय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । 

यस्तै काठमाडौं–९ को स्वीचाटारस्थित कृष्ण रिमालको घरमा जुवातास खेलिरहेको अवस्थामा शुक्रवार ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुबाट २८ हजार १ सय ३० रुपैयाँ नगद समेत बरामद भएको प्रहरीले जनाएको छ । 

यस्तै कुलेश्वरस्थित विष्णुमाया नेपालीको घरमा जुवा खेलिरहेको अवस्थामा ८ जना महिला पक्राउ परेका छन् । उनीहरुको साथबाट ४४ हजार २ सय ६५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । 

यस्तै काठमाडौंको कलंकीस्थित सुजिता रायमाझीको घरमा कोठा भाडामा लिएर जुवा खेलाउने गरेको अमर केसीसहित १० जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुबाट १ लाख ४४ हजार २ सय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । 

यस्तै काठमाडौंको पवित्रनगरस्थित ईश्वर पौडेलको घरमा भक्तराज पुनले सञ्चालन गरेको रात्री जेम्ली गेस्ट हाउसमा जुवा खेलिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट ५७ हजार ६ सय ६५ रुपैयाँ नगद बरामद भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्