२२ जेठ २०८३, शुक्रबार

अवरुद्ध काठमाडौँको फोहरको विसर्जन शुरु, यसरी भयो सहमति

चैत २५, २०७४
अवरुद्ध काठमाडौँको फोहरको विसर्जन शुरु, यसरी भयो सहमति

नुवाकोट, २५ चैत - जितपुर–ओखरपौवा सडकखण्ड मिनीट्रकको ठक्करबाट महिलाको मृत्यु भएको घटनाको विरोधमा ओखरपौवाका स्थानीयवासीले अवरोध पु¥याएको जितपुर–ओखरपौवा सडकखण्ड आज साँझबाट सञ्चालनमा आएको छ । 

पीडित परिवारलाई उचित क्षतिपूर्ति र दोषी चालकलाई कारवाहीको माग राखेर बन्द गराइएको सडक खुलाउन गाडीधनी ककनी गाउँपालिका–३ का पोषनाथ तामाङले सहमति जनाएपछि साँझ ७ बजेदेखि गाडी चल्न थालेको प्रहरी निरीक्षक लालबाबु शाहले जानकारी दिए । 

शनिबार राति बा५ख २५२३ नं को मिनीट्रकको ठक्करबाट ककनी गाउँपालिका–१ स्थित महालक्ष्मीकी ३० वर्षीया सीता बलामीको घटनास्थलमा नै मृत्यु भएको थियो । उक्त घटनाबाट पीडित बलामी परिवारसँग अस्थायी प्रहरी चौकी ओखरपौवामा दिनभर भएको छलफलमा गाडीधनी तामाङले मागअनुसार क्षतिपूर्ति रकम दिन सहमति जनाएपछि सडक सञ्चालनमा आएको हो । 

स्थानीयवासीको मागअनुसार प्रहरीको रोहबरमा पीडित परिवारलाई उचित क्षतिपूर्ति र दुर्घटनाको छानबिन गरी लापरबाही पाइएमा चालकलाई कारवाही गर्ने पीडित परिवार र गाडीधनीबीच सहमति भएको छ । 

घटनाको विरोधमा ओखरपौवा क्षेत्रका बासिन्दाले आज दिनभर विरोध प्रदर्शन गर्दै गाडी सञ्चालन बन्द गराउँदा काठमाडौँबाट फोहर बोकेर आएका सयभन्दा बढी गाडी जितपुरफेदीमा नै रोकिएका थिए । 

सडक सञ्चालनमा आएसँगै रोकिएका गाडी फोहर विसर्जन गर्न सिसडोल (डम्पिङ क्षेत्र) तर्फ गएका छन् भने काठमाडौँमा रोकिएका गाडी पनि फोहर फ्याँक्न आउन थालेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्