०१ असार २०८३, सोमबार

परिणाम दिन सक्ने  कर्मचारीलाई उचित जिम्मेवारी दिन्छुः मन्त्री पुन

परिणाम दिन सक्ने  कर्मचारीलाई उचित जिम्मेवारी दिन्छुः मन्त्री पुन

काठमाण्डौं– उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले जनतालाई जलविद्युतमा जोड्ने गरी कार्यक्रम ल्याउने बताएका छन् । 
 

समृद्धिको आधार जलविद्युत भएको भन्दै मन्त्री पुनले त्यसका लागि छिट्टै नयाँ कार्यक्रम ल्याउने घोषणा गरे । 

 सिंचाई दिवसको अवसरमा आयोजित कार्यक्रमलाई आईतबार सम्बोधन गर्दैै मन्त्री पुनले ‘नेपालको पानी जनताको लगानी’ भन्ने नारा भएपनि जनतालाई जलविद्युतमा नजोडिएको बताए । 

उनले परिवर्तनलाई आत्मसाथ गरेर अघि बढ्न मातहतका कर्मचारीलाई निर्देशन समेत दिए । 
 

‘देशमा नयाँ व्यवस्था लागू भएको छ,यसलाई सफल बनाउने दायित्व तपाई हामी सबैको हो,तपाईँहरुले ईमान्दारीतपुर्वक सरकारको निर्देशन पालना गर्नुहोस् ।’ मन्त्री पुनले भने । 
माओवादी केन्द्रका नेता समेत रहेका उर्जामन्त्री पुनले कर्मचारी संगठन र निकट व्यक्तिमार्फत आउनेलाई भन्दा काम गरेर देखाउनेलाई आफूले उचित  जिम्मेवारी दिने बताए ।  

‘काम नगर्ने कर्मचारी निकट भएर केही हुन्न, मेरो नजिकको आफन्त भएपनि काम गर्दैन् भने त्यसको कुनै अर्थ छैन्, काम गरेर परिणाम दिने कर्मचारीलाई मैले कामको जिम्मा दिन्छु ।’ मन्त्री पुनले भने । 

उनले सिंचाईको क्षेत्रमा नयाँ–नयाँ प्रविधी आएको भन्दै त्यसको उपयोग गर्नुपर्ने धारणा समेत राखेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्