०८ असार २०८३, सोमबार

माछा मार्ने क्रममा बाघको  आक्रमण !

चैत २५, २०७४
माछा मार्ने क्रममा बाघको  आक्रमण !

चितवन, २५ चैत - भरतपुर महानगरपालिका–११ टाइगर तालमा आज दिउँसो बाघको आक्रमणबाट एकजना गम्भीर घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार स्थानीय ४२ वर्षीय चन्द्रबहादुर भुजेल बाघको आक्रमणबाट गम्भीर घाइते हुनुभएको हो । 

दिउँसो ३ः३० बजेको समयमा बाघले आक्रमण गरेपछि उपचारका लागि भरतपुर अस्पताल ल्याइए पनि उपचार हुन नसकेपछि थप उपचारका लागि चितवन मेडिकल कलेज लगिएको छ । 

भुजेलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । माछा मार्ने क्रममा भुजेललाई बाघले आक्रमण गरेको हो । टाइगर ताल मानवबस्ती नजिकै सामुदायिक वनमा पर्छ । 

salt training

कमेन्ट गर्नुहोस्