काठमाडौँ, २५ चैत – प्रधानमन्त्री केपी शर्मा ओली तीन दिने भारत भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किएका छन् ।
प्रधानमन्त्री ओलीलाई विमानस्थलमा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारीलगायतले स्वागत गरेका थिए ।
उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा राजकीय भ्रमणका लागि यही चैत २३ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँदिल्ली प्रस्थान गरेका थिए ।
ओली स्वदेश फर्किँदाको तस्बिरः रासस