२२ असार २०८३, सोमबार

सडक निर्माणका लागि गगन थापाले दिए यस्तो दबाब

सडक निर्माणका लागि गगन थापाले दिए यस्तो दबाब

काठमाडौं, २६ चैत– काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य गगन थापाले आफ्नो क्षेत्रका महत्वपूर्ण सडकहरुको निर्माण सम्पन्न गर्नका लागि सरोकारवालाहरुसँग छलफल गरेका छन् । लामो समयसम्म धोविखोला कोरिडोरअन्तर्गत सेतोपुल–रातोपुल सडकखण्डमा कालोपत्रे हुन नसकेर जनस्तरबाट गुनासो आएपछि सांसद थापाको पहलमा छलफल भएको हो ।

छलफलमा प्रदेशसभा सदस्य नरोत्तम बैधको पनि उपस्थिति रहेको थियो । छलफल कर्यक्रममा ओम हस्पिटल निकट धोविखोला पुल रहेको स्थानको बाटो निर्माण यही असार महिनाभित्र सम्पन्न गर्नका लागि पहल गर्ने निर्णय भएको थियो ।

सरोकारवालासँगको छलफलमा सांसद थापाले ठेकेदारहरुले कम मूल्यमा टेन्डर पार्ने र विविध समस्या देखाएर काममा ढिलो गर्ने गरेको बताउँदै अब जुनसुकै सर्तमा पनि काठमाडौं क्षेत्र नं ४ का सबै सडक निर्माण सम्पन्न गर्न लाग्नुपर्ने बताएका थिए ।

आफ्नो अघिल्लो कार्यकालको अन्त्यदेखि निर्वाचन अवधीभर सडकको अवस्थाका बारेमा गुनासो र आलोचना खेपेका थापाले चाँडै बुढानिलकण्ठका सडकहरुको निर्माण सम्पन्न गर्नका लागि सरोकारवालासँगको छलफल आयोजना गर्ने बताए ।

एकैपटक सबै सडक निर्माण शुरु गर्दा जनतालाई निकै समस्या परेको स्वीकार्दै थापाले नियमित काम भएमा चाँडै सम्पूर्ण सडक निर्माण हुने बताएका छन् । सडकको अवस्था सुधार नहुँदा त्यसले स्थानीयको स्वास्थ्य, व्यापार र दैनिक जीवनयापनमा पारेको बहुआयामिक असरप्रति सबैले संवेदनशील हुनुपर्ने भन्दै थापाले त्यसका लागि जनप्रतिनिधि र सरोकारवाला निकायसंग समन्वय गरेर काम गर्नुपर्ने बताए ।

काठमाडौं क्षेत्र नं ४ मा सडक विकासमा मात्र केन्द्रित हुँदा साविक कपन क्षेत्रमा डुवान, अन्य वडाहरुमा खानेपानी तथा जोखिम व्यवस्थापन, विभिन्न क्षेत्रको व्यवसायिक विकास लगायतका अन्य महत्वपूर्ण क्षेत्र कम प्राथमिकतामा परेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्