२७ असार २०८३, शनिबार

उत्तर कोरियाले आणविक कार्यक्रम जारी राखे कडा प्रतिवाद गर्ने अमेरिकाको चेतावनी

कात्तिक २०, २०७४
उत्तर कोरियाले आणविक कार्यक्रम जारी राखे कडा प्रतिवाद गर्ने अमेरिकाको चेतावनी
काठमाडौं, २१ माघ — अमेरिकाका रक्षामन्त्री जेम्स म्याट्टिसले उत्तर कोरियाका तर्फबाट कुनै पनि खालको आणविक हतियार प्रयोग भएमा कडा जवाफ फर्काइने बताएका छन् ।


शुक्रवार म्याट्टिसले दक्षिण कोरियालाई अमेरिकाको निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउँदै उत्तर कोरियालाई चेतावनी दिएका हुन् ।

उत्तर कोरियाले लगातार क्षेप्यास्त्र र आणविक परीक्षण गरिरहेको अनि धम्कीहरू दिइरहेकोले उक्त क्षेत्रमा त्रासको वातावरण छ ।

दोस्रो विश्वयुद्धपछिको रक्षा सम्झौता अन्तर्गत अमेरिकाले दक्षिण कोरिया र जापानमा भारी मात्रामा सैनिक तैनाथ गरेको छ ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको सुरक्षा चाहने हो भने दुवै देशले बढी रकम तिर्नुपर्ने बताएका थिए ।

तर म्याट्टिसले दुई देशको भ्रमण गरेर उनीहरूलाई अमेरिकाको सदैव साथ रहने आश्वासन दिएका छन् ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्