
काठमाडौं, २६ चैत– नेपाली कांग्रेसले सरकारका पछिल्ला गतिविधिका बारेमा आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ । यसका लागि आज दिउँसो ३:१५ बजे पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गरेको जानकारी दिए । सरकार मनोमानी ढंगले चलेको कांग्रेसका नेताहरुले आरोप लगाउँदै आएका छन् ।
सरकारलाई सचेत गराउनका लागि पत्रकार सम्मेलनको आयोजना गरेको बुझिएको छ । सरकारले हालै जारी गरेको श्वेतपत्र, प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणलगायतका विषयमा पार्टीको धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरेको कांग्रेसले जनाएको छ ।
