१० साउन २०८३, आइतबार

ट्रम्पलाई अर्का उच्च अधिकारीले पनि छाड्ने

ट्रम्पलाई अर्का उच्च अधिकारीले पनि छाड्ने

वासिङ्टन, २६ चैत-अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अर्का एक उच्च अधिकारीले पनि साथ छाड्ने भएका छन् । राष्ट्रपति भएदेखि नियुक्त भएकामध्ये केहीलाई उनले नै हटाएका छन् भने केहीले उनलाई नै छाडेका छन् । 

पछिल्लो पटक राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता मिचेल एन्टोनले कार्यालय त्याग्ने तयारी गरेको राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले आइतबार जनाएको छ । 

ट्रम्पको तेस्रो सुरक्षा सल्लाहकारको पदमा पूर्व कुटनीतिज्ञ जोन बोल्टोन सोमबार नियुक्त भएको कार्यालयले जानकारी दिएको छ । 

एन्टोनले कहिलेदेखि कार्यालय छाड्ने हो भन्ने बारेमा भने अहिलेसम्म स्पष्ट भइनसकेको ह्वाइट हाउसका अधिकारीहरूले बताएका छन् ।

एन्टोनलाई ट्रम्पका पहिलो राष्ट्रिय सुरक्षा सल्लाहकार मिचेल फलाइनले सुरक्षा परिषद्मा ल्याएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्