२४ असार २०८३, बुधबार

शिक्षकमा शतप्रतिशत खुला विज्ञापन गर्न माग

चैत २६, २०७४
शिक्षकमा शतप्रतिशत खुला विज्ञापन गर्न माग

काठमाडौँ, २६ चैत - शिक्षा ऐन–२०२८ को नवौँ संशोधनमा भएका केही प्रावधान विद्यार्थी अनुकूल नभएकाले त्यसलाई संशोधन गर्न प्रमुख तीन विद्यार्थी संगठनले माग गरेको छ । 

आज सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र) संसदीय दलको कार्यालयमा प्रमुख सचेतक देवीप्रसाद गुरुङलाई भेटेर ती विद्यार्थी संगठनले सो मागसहितका पत्र बुझाएका हुन् । 

अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), नेपाल विद्यार्थी संघले शिक्षा ऐनको दशाँै संशोधनबाट शिक्षक परिपूर्ति गर्दा शतप्रतिशत खुला प्रतियोगिताबाट गर्न माग गर्दै प्रमुख सचेतक गुरुङलाई पत्र बुझाएको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताउनुभयो । 

पत्र बुझ्दै प्रमुख सचेतक गुरुङले नवौँ संशोधनका कमी हटाएर अघि बढ्न आफूहरु तयार रहेको बताउनुभयो । 

ऐनको नवौँ संशोधनले शिक्षक अनुमति लिएका सात लाख विद्यार्थीको प्रतिस्पर्धा गर्ने अधिकार कुण्ठित गरेकाले त्यसलाई संशोधन गरी शतप्रतिशत खुला विज्ञापनबाट शिक्षक नियुक्त गर्नुपर्ने माग सो पत्रमा उल्लेख छ । 

क्रान्तिकारीका उपाध्यक्ष बस्नेतले तीन विद्यार्थी संगठनले सबै दलका प्रमुख सचेतक र संघीय संसद्का सम्पूर्ण सदस्यलाई ऐनको दशौँ संशोधनबाट आफूहरुको माग सम्बोधन गर्नका लागि बुझाउने बताउनुभयो । 

विद्यार्थी संगठनले आइतबारदेखि सबै संसद्लाई पत्र पठाइरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्