
काठमाडौं, २७ चैत– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई साताभित्र कम्तीमा २० हजार कर्मचारीलाई एकैसाथ स्थानीय तहमा खटाउने तयारी गरेको छ । गृहकार्य अन्तिम चरणमा पुगेको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले बताए ।
मन्त्रालयले सार्वजनिक सूचना प्रकाशित गरेर स्थानीय तहलाई आवश्यक पर्ने कर्मचारी पठाउन लागेको उनले बताए । ‘सरुवा मापदण्ड अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘मापदण्ड स्वीकृत भएसँगै त्यसकै आधारमा सार्वजनिक सूचना निकाल्ने तयारीमा छौँ । त्यही सूचनाअनुसार करिब २० हजार कर्मचारी स्थानीय तहमा खटिँदै छन् ।’
उनले एक–दुई दिनमै स्थानीय तहमा कर्मचारी खटाउन सार्वजनिक सूचना प्रकाशित हुने बताए । स्थानीय तहमा व्यवस्थित रूपमा कर्मचारी खटाउन मन्त्रालयले सरुवाको मापदण्डसहितको सूचना निकाल्न लागेको जनाएको छ ।, नयाँ पत्रिकामा खबर छ ।