काठमाडौं, २८ चैत– नवनियुक्त आईजीपी प्रकाश अर्यालले बुधबार साँझ कार्यभार सम्हालेका छन् । खनालले आईजीपीको दर्ज्यानी फुली भने बिहिबार लगाउने कार्यक्रम तय भएको छ ।
यसअघि खनालले निवर्तमान आईजीपी प्रकाश अर्यालको बिदाई गरे । बिदाई कार्यक्रममा बोल्दै खनालले प्रहरी संगठनको उचाई दिनको लागि आफूले प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता जनाए ।
यस्तै खनालले आफूलाई प्रहरी प्रमुख बन्ने अवसर प्रदान गरेकोमा सरकारलाई धन्यवाद समेत दिए ।
उनले आफ्नो कार्यकालमा सबैको सहयोगको अपेक्षा गर्दै प्रहरी संगठनलाई हित हुने खालका उदाहरणीय काम गर्न प्रयास गर्ने बताए ।