२९ असार २०८३, सोमबार

नक्कली किसान बनाएर अनुदानको रकममा अनियमितता

चैत २९, २०७४
नक्कली किसान बनाएर अनुदानको रकममा अनियमितता
सन्दर्भ तस्वीर

कालिकोट, २९ चैत–जिल्ला पशुसेवा कार्यालय कालिकोटले कृषि तथा खाद्य सुरक्षा आयोजनाअन्तर्गत साना अनुदान परियोजना ०७४–७५ को ९० लाख रुपैयाँ अनियमितता गरेको पाइएको छ। आयोजनाले वास्तविक किसान नभई नक्कली किसान खडा गरी रकम दिएर ९० लाख रुपैयाँ अनियमितता गरेको हो।

जिल्ला पशुसेवा कार्यालयका कर्मचारी, नक्कली किसान मिलेर आयोजना रकम अनियमितता गरेको पाइएको छ। अनियमितता गर्नेमा निवार्चित वडाध्यक्ष, पत्रकार, व्यापारी र राजनीतिकर्मीको समेत मिलेमतो रहेको पाइएको छ। 

तीन लाखसम्म अनुदान पाउने साना किसानको जिल्ला पशुसेवा कार्यालयका कर्मचारीले १५ हजार कन्सल्टेन्सीका नाममा र दुई लाख ७५ हजारसम्म अनुदान पाउनेबाट १३ हजार सात सय ७५ रुपैयाँ काटेको सर्वसाधारणको गुनासो छ।, अन्नपूर्ण पोस्टमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्