२३ असार २०८३, मंगलबार

नवनियुक्त आइजीपीद्वयलाई आज दर्ज्यानी चिह्न प्रदान गरिने

नवनियुक्त आइजीपीद्वयलाई आज दर्ज्यानी चिह्न प्रदान गरिने

काठमाडौं, २९ चैत– नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षकद्वय सर्वेन्द्र खनाल र शैलेन्द्र खनाललाई बिहीबार पदको दज्र्याजी चिह्न (फुली) प्रदान गरिने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई आइजीमा बढुवा गर्ने निर्णय गरेको थियो । उनीहरूको पदबहाली पनि बिहीबारबाटै हुनेछ ।

गृह मन्त्रालयका अनुसार बढुवा भएका दुवै आइजीलाई बिहीबार बिहान दज्र्यानी चिह्न लगाइने कार्यक्रम छ । दज्र्यानी चिह्न पाएलगत्तै नेपाल प्रहरीका नवनियुक्त आइजी खनाल पदबहालीका लागि प्रहरी प्रधान कार्यालय नक्साल जानेछन् । 

सशस्त्र प्रहरीका नवनियुक्त आइजीपी खनाल भने सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोक जानेछन् । 
 

salt training

कमेन्ट गर्नुहोस्