३१ जेठ २०८३, आइतबार

रारा पर्यटन वर्ष : उद्घाटनका लागि ३९ लाख विनियोजन

चैत २९, २०७४
रारा पर्यटन वर्ष : उद्घाटनका लागि ३९ लाख विनियोजन

सुर्खेत, २९ चैत- कर्णाली प्रदेश सरकारले रारा कर्णाली पर्यटन वर्ष २०७५ को उद्घाटन कार्यक्रमका लागि रु ३९ लाख बजेट विनियोजन गरेको छ । 

सुर्खेतको वीरेन्द्रनगरमा बसेको कर्णाली प्रदेश सरकारको चौँथो मन्त्रिपरिषद् बैठकले रारा कर्णाली पर्यटन वर्ष २०७५ को उद्घाटन कार्यक्रमका लागि सो रकम विनियोजन गरेको हो । 

त्यसैगरी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष उपस्थितिमा मुगुको रारा तालमा बस्ने कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकका कार्यसूची तय गरेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री एवं सरकारका प्रवक्ता विमला केसीले जानकारी दिनुभयो । 

त्यस्तै बैठकले रारा कर्णाली पर्यटन वर्ष २०७५ उद्घाटन कार्यक्रमको व्यवस्थापकीय तथा प्राविधिक तयारीसम्बन्धी आवश्यक निर्णय गरेको प्रवक्ता केसीले जानकारी दिनुभयो । 

प्रधानमन्त्री कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यतालिकामा मौसमका कारण आवश्यक परिमार्जनका लागि अनुरोध गर्ने निर्णय गरिएकोे प्रवक्ता केसीले जानकारी दिनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्