११ साउन २०८३, सोमबार

एकै दिन चारपटक बस्याे संसद बैठक, प्रदेश सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत

चैत २९, २०७४
एकै दिन चारपटक बस्याे संसद बैठक, प्रदेश सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत

विराटनगर, २९ चैत– एक नम्बर प्रदेश संसद बैठक आथज उकै दिन ४ पटक बसेको छ । दिउँसो १ बजेको लागि बोलाईएको बैठक एक बजेर ३५ मिनेटमा शुरु भएको थियो ।

बैठक शुरु भएसँगै प्रदेश प्रमुख डा गोबिन्द तुम्बाहाङले चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उनले प्र्रस्तुत गरेको नीति तथा कार्यक्रम सकिने बितिकै प्रदेश संसद १५ मिनेट मै स्थगित भएको थियो । स्थगित भएको बैठक फेरी १५ मिनेटमा बोलाइएको थियो ।

उक्त बैठकमा प्रदेश प्रमुखले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई संसदमा मुख्यमन्त्रीले टेबुल गरेका थिए । त्यस्तै बैठकमा माओवादीका सांसद  टंक आङ्बोले धन्यवाद ज्ञापन गरे भने एमालेका सांसद राजकुमार ओझाले त्यसको समर्थन गरेर ५ मिनेट बैठक बसेर स्थगित भएको थियो । स्थगित भएको संसद बैठक दिउँसो ४ बजेलाई बोलाइएको थियो ।

४ बजे पछि बालाइएको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र बहादुर आङ्बोले प्रस्तुत गरेको बजेट भाषण गछि १५ मिनेट स्थगित गरेर बैठक फेरी बोलाइएको थियो । बैठकले आजै संसदबाट १ नम्बर प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याएको छ भने  आजै बजेट संसदमा प्रस्तुत गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्