
एजेन्सी– दम्पत्तिको सन् २०१३ मै सडक दुर्घटनामा परेर मृत्यु हुन पुग्यो, जतिबेला उनीहरुले सन्तान प्राप्त गर्नका लागि उपचार गराइरहेका थिए ।
खबर चीनको हो, सन् २०१३ मा मृत्यु हुनुअघि जोडीले टेष्ट ट्युब प्रणालीबाट बच्चा जन्माउनको लागि कयैन भ्रुण जमाउन दिएका थिए ।
दुर्घटना पछि तिनको भ्रुण प्रयोग गर्न पाउनुपर्ने भनेर अभिभावकले लामो न्यायिक लडाई लड्नु प¥यो ।
सरकारी अखबार बेइजिंग न्यूजका अनुसार कानूनी लगाईँ जीतेपछि लाओस्को एक सरोगेट आमामार्फत गत ९ डिसेम्बरमा बच्चा जन्मियो । बच्चाको नाम तियानतियान राखिएको समाचारमा बताइएको छ । चीनमा सरोगेसी अवैध भएकाले लोओस्को महिलाको सहारा लिइएको हो ।