२२ जेठ २०८३, शुक्रबार

२ करोड फिरौती मागेर ज्यान मार्ने धम्की दिने ४ पक्राउ

२ करोड फिरौती मागेर ज्यान मार्ने धम्की दिने ४  पक्राउ

काठमाडौँ, २९ चैत - नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले रु दुई करोड फिरौती मागी ज्यान मार्ने धम्की दिने चारजनालाई पक्राउ गरेको छ । 

ब्यूरोको टोलीले गोरखा सुलिकोट घर भई काठमाडौँ खुशिबुँ नयाँ बजार बस्ने जग्गा व्यवसायी हरिप्रसाद सापकोटा र अन्य व्यवसायीसँग फिरौती माग्ने गोरखाका चेतबहादुर गुरुङ, सोमबहादुर गुरुङ, वीरबहादुर गुरुङ र सुनिल ढकाललाई बुधबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । 

उनीहरुले आफूहरु नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता भन्दै रु दुई करोड माग गरेका थिए । साथै उनीहरुले भारतीय नम्बरबाट समेत फोन र एसएमएस गरेर धम्की दिने र पैसा नदिए बम हानेर ज्यान मार्ने धम्की दिएको अनुुसन्धानमा खुल्न आएको छ । 

पक्राउ व्यक्तिलाई अपहरण तथा शरीर बन्धक उद्योग मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट आज पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्