०३ असार २०८३, बुधबार

कांग्रेसभित्रको गुट उपगुटलाई समाप्त गर्नु आवश्यक : महामन्त्री कोइराला

चैत २९, २०७४
कांग्रेसभित्रको गुट उपगुटलाई समाप्त गर्नु आवश्यक : महामन्त्री कोइराला

पर्सा, २९ चैत्र - नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले नेताहरुको गुटउपगुटले नेपाली पार्टीलाई कमजोर बनाएको बताउनुभएको छ । 

नेपाल तरुण दल केन्द्रीय समितिले आज वीरगन्जमा आयोजना गरेको दुईदिने प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले ठूला नेताहरुले आ–आफनो गुट उपगुट बनाएकै कारण तीनै तहको निर्वाचनमा पार्टीले हार व्यहार्नु परेको बताउनुभयो । 

महामन्त्री डा कोइरालाले काँग्रेसले जनताका पक्षमा गरिएको राम्रा कामबारे जनतालाई बनाउन नसकेको र पार्टीभित्रको विवादले नै निर्वाचनमा पार्टीले हार व्यहोर्नु परेकाले चार वर्षपछि हुने निर्वाचनकालागि अहिलेदेखि नै तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । 

काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले जातीय, धार्मिक, सांस्कृतिक, भौगोलिक विविधता रहेको नेपालमा सबैलाई मिलाएर हिँड्ने दक्षता वामपन्थीमा नरहेकाले वामपन्थीको सरकार लामो समय नटिक्ने दाबी गर्नुभयो । 

salt training

कमेन्ट गर्नुहोस्