२३ जेठ २०८३, शनिबार

एन आई सी एशिया बैंकको क्यालेन्डर सार्वजानिक

एन आई सी एशिया बैंकको क्यालेन्डर सार्वजानिक

काठमाडौं, ३० चैत- एन आई सी एशिया बैंक लिमिटेडले नयाँ वर्षको पुर्वसन्ध्यामा २०७५ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकका अध्यक्ष तुलसीराम अग्रवालले एक समारोहका बिच बैंकको आफ्नो रजिस्ट्र्राड कार्यालय, थापाथलीमा नयाँ सालको क्यालेन्डर सार्वजनिक गरे ।

क्यालेन्डर सार्वजनिक गर्दै बैंकका अध्यक्ष अग्रवालले नयाँ वर्ष २०७५ सालको अवसरमा सम्पूर्ण ग्राहक महानुभावहरु, सेयरधनिहरु, नियमनकारी निकायहरु, कर्मचारीवर्ग एवं प्रत्यक्ष एवं अप्रत्यक्ष तवरबाट जोडिएका सबै बर्गमा नव वर्षको शुभकामना ब्यक्त गरे । उक्त कार्यक्रममा बैंकका निवर्तमान अध्यक्ष जगदीश प्रसाद अग्रवाल, अन्य सञ्चालक र बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने लगायतका उच्च पदाधिकारीहरुको उपस्थिती थियो । 

हाल मुलुकभर गरी १९२ शाखा कार्यालयहरु, १९६ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर एवं ४ वटा शाखारहित बैंकिङ्ग मार्फत मुलुककै सबैभन्दा धेरै संजाल मार्फत बैंकले आफ्नो सेवाहरु प्रदान गरीरहेको  छ  । बैंकको वासलातको आकार रू १५५ अर्ब भन्दा वढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रू १०७ अर्ब र कुल निक्षेप करिब रू १३१ अर्ब पुगीसकेको छ ।

यो सँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले निजी लगानीमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा रहन बैंक सफल भएको छ । साथै, संस्थागत सुशासन, जोखिम ब्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले निरन्तर पालना गर्दै आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्