०८ असार २०८३, सोमबार

रातारात चर्चा कमाउन प्रिया प्रकाशको फेरि अर्को फन्डा

चैत ३०, २०७४
रातारात चर्चा कमाउन प्रिया प्रकाशको फेरि अर्को फन्डा

मुम्बई– आँखा झिम्याउने कलाले चर्चामा आएकी प्रिया प्रकाशले फेरि अर्को फन्डा सार्वजनिक गरेकी छिन् ।  सामाजिक सञ्जाल इन्स्टाग्राम  मार्फत सार्वजनिक उनको नयाँ भिडियो क्लिपमा उनले मोबाइल हेर्दै आफ्ना परेलालाई आकर्षक ढंगले चलायमान बनाएकी छिन् । 
भिडियो क्लिप्समा उनीसँगै डेब्यू फिल्म ‘ओरु अदार अब’ का उनको  नायक रोशन अब्दुल समेत देखिएका छन् ।  जतिजति उनको फिल्मको रिजिल मिति नजिकिँदै गरेको छ यतिनै उनी सामाजिक सञ्जालमा सक्रिय रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।  फिल्म चलाउनको लागि मानिसहरुलाई इम्प्रेस  पार्ने उनको  यो फर्मुला भएको बताइएको छ । उनको  भिडियो क्लिप्स फिल्म प्रोमोशनको समयमै रेकर्ड गरिएको ठानिएको छ । 

समाचारअनुसार उनको डेब्यू फिल्म हिन्दी, तमिल र तेलेगु भाषामा रिलिज हुनेछ  । 


 

salt training

कमेन्ट गर्नुहोस्