०५ साउन २०८३, मंगलबार

कर्णाली प्रदेश सरकारले श्वेतपत्र जारी नगर्ने, हप्ता दिनमा बजेट

बैशाख ४, २०७५
कर्णाली प्रदेश सरकारले श्वेतपत्र जारी नगर्ने, हप्ता दिनमा बजेट

सुर्खेत, ४ वैशाख–कर्णाली प्रदेश सरकारले श्वेतपत्र जारी नगर्ने भएको छ । कर्णाली रारा पर्यटन वर्षको तयारीका कारण श्वेतपत्र निर्माण गर्न ढिलाइ भएको सरकारका प्रवक्ता तथा भूमि सुधार तथा कृषिमन्त्री बिमला केसीले जानकारी दिइन् । उनले अहिले त्यसबारेमा काम गरिरहेको र कुनै सन्दर्भ पारेर ल्याउने बताइन् । उनले हप्ता दिनभित्र सरकारले चार महिनाका लागि बजेट ल्याउने तयरी गरेको जानकारी दिइन् ।

हालै बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार सार्वजनिक गर्दै मन्त्री केसीले ५ वटा निर्णय गरिएको जानकारी दिइन् । उनका अनुसार सरकारले नियमावली पारित र एउटा विधेयकलाई पारित गर्न संसदमा पठाउने निर्णय गरिएको छ । प्रदेशस्तरका सार्वजनिक लिखतसम्बन्धी कार्यविधि विधेयक– २०७५ तर्जुमाका लागि आन्तरिक कानून मन्त्रालयमा स्विकृति दिने निर्णय गरियो,’ उनले भनिन्, ‘दोस्रो निर्णयमा प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक केही सुझावसहित आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गरियो ।’

मन्त्री केसीले कर्णाली प्रदेशका गाँउपालिका, नगरपालिकामा कानून निर्माण प्रक्रियाका सम्बन्धमा विधेयक तर्जुमा गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई सहमति दिइएको बताइन् ।  बैठकले सञ्चित कोष सञ्चालन कार्यविधि नियमावली–२०७५ पनि पारित गरेको छ ।

यसका साथै बैठकले कर्णाली  प्रदेश आकस्मिक कोष विधेयक–२०७५ मस्यौदा स्वीकृत गरी प्रदेशसभामा पेश गर्नका लागि स्वीकृत गरेको मन्त्री केसीले जानकारी दिइन् ।

मन्त्री केसीका अनुसार नीति तथा कार्यक्रमबारे छलफल गर्न आजै साँझ मन्त्रिपरिषद्को अर्को बैठकसमेत बस्ने सम्भावना छ ।

salt training

कमेन्ट गर्नुहोस्