
अक्षय तृतीया हिन्दू धर्मावलम्बीहरुको विशेष पर्व हो । हिन्दू धर्ममा यसको विशेष महत्व रहेको छ । यो पर्व हरेक वैशाख शुक्ल तृतीयमा मनाइन्छ । जसलाई अक्षय तृतीया पनि भन्निछ ।
पात्रो अनुसार भोलि(बुधबार) अक्षय तृतीया परेको छ । तपाई यो दिन शुभ कार्य गर्न सक्नुहुनेछ ।
यस पटक सूर्योदय पूर्व देखि लिएर राति ३ बजेर १८ मिनेटसमम अक्षय तृतीया रहेन छ ।
उसो त हरेक महिनाको शुक्ल पक्षको तृतीयालाई शुभ मानिन्छ तर अक्षय तृतीयाको भने विशेष महत्वा रहेको छ ।
अक्षयको शाव्दिक अर्थ हो जसको कहिल्यै क्षय नहुने । अर्थात जो स्थान बनाइ रहने । स्थायी त्यही मात्र हो जो सधै सत्य हुन्छ । धर्मशास्त्रका अनुसार सत्य केवल परमात्म हो जो अक्षय, अखण्ड तथा व्यापक छन् ।
यो अक्षय तृतीया तिथि ईश्वर तिथि हो । अक्षय तिथि परशुरामको जन्मदिन पनि भएका कारण परशुराम तिथि पनि भन्निछ ।
धार्मिक महत्व
विष्णुले परशुरामको रुपमा धर्तीमा अवतार लिएको दिनको रुपमा लिइन्छ । धार्मिक मान्यता अनुसार विष्णु भगवान त्रेता एवं द्वापर युगसम्म पृथ्वीमा अमर रहेका थिए ।
अर्को मान्यता अनुसार त्रेता युगको शुरुवात हुने बेलामा धर्तीको सवैभन्दा पवित्र मानिएको गंगा नदी यस दिन स्वर्गबाट पृथ्वीमा आएको थियो । गंगानदीलाई भागिरथले धर्तीमा ल्याएका थिए । त्यसै भएका कारण यसदिन गंगा
नदीमा डुबुल्की लगाउँदा पाप नाश हुने विश्वास लिइन्छ ।
यसदिन पकवान्न्नकी देवी अन्नपूर्णको जन्मदिनको रुपमा पनि मनाइने गरिएको छ ।
अक्षय तृतीयाको दिन नै महर्षि वेदव्यासले महाभारत लेख्न शुरु गरेका थिए । यस दिन नै महाभारतका युधिष्ठिरले अक्षय पात्र प्राप्त गरेका थिए । यस अक्षय पात्रकोमा कहिले भोजन समाप्त हुँदैन थियो । जसका कारण उनले आफ्ना प्रजालाई भोजन दिन सक्थे ।
विशेषता
ग्रहको शुभ संयोग
यस दिन ग्रहको विशेष संयोग बन्छ ।
सूर्य तथा चन्द्रमा आफ्नो उच्च राशिमा हुन्छन् ।
वर्षमा एकदिन मात्र यस्तो संयोग बन्छ ।
सूर्य मेषमा आउँछ भने चन्द्रमा वृषमा हुन्छन् ।
शास्त्रमा सूर्यलाई प्राण तथा चन्द्रमालाई मन मानिएको छ ।
सूर्य र चन्द्रमाको समबन्ध बन्ने कारण यो तिथि बहुत महत्वपूर्ण मानिन्छ ।
यस कारण यो दिन जो काम गरिन्छ त्यो फल दुई गुणा र कहिले समाप्त नहुनेवाला हुने धार्मिक विश्वास छ ।
अक्षय तृतीयामा गर्नुहोस् यस्तो काम
अक्षय तृतीयाको दिन विवाह, गृह प्रवेश, कपडा तथा सुन खरीद, घर जमिन, गाडीसँग जोडिएका नयाँ काम ।
यस दिन कपडा, सुनका साथै नयाँ संस्थाको उद्घाटनलाई पनि शुभ मानिन्छ ।
पौराणिक मान्यताका अनुसार यस दिन पितृ पक्षमा गरिएको तर्फण तथा पिण्डदान या कुनै पनि दान अक्षय फल दिन्छ ।
यस दिन गरिएको स्नान तथा पूजा सवै पापलाई नष्ट गरिदिन्छ ।
यस दिन पापको क्षमा याचना गर्दा फाइदा पुग्छ ।