
बलिउडका अभिनेता सलमान खानलाई जोधपुर अदालतले विदेश भ्रमणको अनुमति दिएको छ ।
यस अघि उनलाई कालो शिकार मुद्दामा जमानत प्रदान गरिएको थियो ।
केही अघि अभिनेता खानले जोधपुर जिल्ला र सेसन अदालतमा विदेश भ्रमण गर्न अनुमती दिन माग गर्दै निवेदन पेश गरेका थिए ।
सलमान खान मे २५ देखि जुलाई १० बीचमा क्यानडा, नेपाल र अमेरिका भ्रमण गर्ने तालिका रहेको छ ।