१० साउन २०८३, आइतबार

सुर्खेतमा सडक फराकिलो बनाउने अभियान, पञ्चनपुरी नगरपालिका पनि अगाडि सर्यो

सुर्खेतमा सडक फराकिलो बनाउने अभियान, पञ्चनपुरी नगरपालिका पनि अगाडि सर्यो

सुर्खेत, ४ वैशाख–   सुर्खेतको पश्चिममा रहेको पञ्चपुरी नगरपालिकाले सडकलाई फराकिलो बनाउने तथा अवैध टहरा भत्काउने अभियान शुरु गर्ने भएको छ । सडकलाई प्रमुख प्राथमिकताका साथ अघि बढाइरहेको नगरपालिकाले मुख्य बजार क्षेत्रमा ३० मिटर र भित्री सडक १० मिटर फराकिलो बनाउने भएको बताइएको छ ।

‘हामीले सडकको मापदण्ड तोकेर सोही अनुसार उपभोक्ता समितिलाई काम गर्न निर्देशन दिएका छौं,’ नगर प्रमुख उपेन्द्र थापाले भने, ‘बस्तिलाई ब्यवस्थापन गर्नका लागि सडक देखि टाढा घर बनाउन आग्रह समेत गरेका छौं ।’ 

बाबियाचौर बजार क्षेत्रलाई नगरले तत्कालका लागि २० मिटर फराकिलो बनाएको छ । नगरपालिकाले बजार क्षेत्रको सडक निर्माणका लागि १० लाख बजेट बिनियोजन समेत गरेको थियो ।

सडक निर्माणको जिम्मा पाएको बजार ब्यवस्थापन समिति बाबियाचौरले सडक छेउमा रहेका घुम्ती, टहरा तथा घर समेत हटाएको छ । ‘पहिलो चरणमा १८ मिटरको सडक निर्माण गरेका छौ पछि बजार ब्यवस्थापन गरेर ३० मिटरसम्म बाटो बनाउनेछौं,’  निर्माण समितिकी कोषाध्यक्ष चन्द्रा खनालले भनिन्, ‘सडक निर्माण गर्न थुप्रै चुनौति आए पनि सबैसँग सहकार्य गरेर गर्नेछौं ।’  

समितिले अब घर निर्माण गर्दा ३० मिटर बाहिर बनाउन समेत सुझाव दिएको छ । अहिले बजार क्षेत्रमा सडकको नाला निर्माण र  ग्राबेल गर्ने काम भैरहेको समितिका अध्यक्ष पारस बिष्टले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्