०४ असार २०८३, बिहीबार

पर्यटक भिसामा नेपाल, खुलेआम व्यापार

बैशाख ५, २०७५
पर्यटक भिसामा नेपाल, खुलेआम व्यापार

काठमाडौं, ५ बैशाख-  पर्यटक प्रवेशाज्ञा (टुरिस्ट भिसा) मा नेपाल आएका विदेशीहरूले पोखरा, ललितपुरको पाटन, काठमाडौंको ठमेल, नगरकोट, वसन्तपुर र पशुपतिनाथ क्षेत्रमा लुकीछिपी खुद्रा व्यापार/व्यवसाय गर्दै आएको पाइएको छ। व्यापार गर्ने विदेशी पर्यटकमध्ये चिनियाँ धेरै छन्।

पशुपतिनाथ मन्दिर क्षेत्रभित्र समेत चिनियाँहरूले टेबल कुर्सी राखेर खुद्रा पसल चलाउँदै आएका छन्। ती चिनियाँ पर्यटकले गौशालाबाट पशुपतिनाथ मन्दिर छिर्ने मुख्य प्रवेशद्वारभित्र बाटामा नै टेबल कुर्सी राखेर नक्कली गरगरहना बेच्दै आए पनि न त पर्यटक प्रहरीको आँखा परेको छ न पशुपति क्षेत्र विकास कोषको। पशुपति क्षेत्रमा गत शनिबार बाटामा निर्धक्क व्यापार गरिरहेका केही चिनियाँ भेटिए। उनीहरूले व्यापार गरिरहेको ठाउँबाट करिब सय मिटरमा गौशाला प्रहरी वृत्त छ। पशुपति क्षेत्र विकास कोषका सुरक्षाकर्मीसमेत चौबिसै घण्टा अवैध र गैरकानुनी गतिविधि नियन्त्रण गर्न गस्ती गरिरहे पनि चिनियाँ व्यापारीलाई देख्दैनन्। उनीहरूबारे सामान्य सोधखोज समेत गरेनन्।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीले पशुपति क्षेत्रमा पसल राख्ने केही विदेशी केही साताअघि हटाएको दाबी गरे, अन्नपूर्ण पोस्टमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्