०५ साउन २०८३, मंगलबार

लागुऔषध नियन्त्रणमा सामूहिक प्रयासको खाँचो : सर्वेन्द्र खनाल

बैशाख ५, २०७५
लागुऔषध नियन्त्रणमा सामूहिक प्रयासको खाँचो : सर्वेन्द्र खनाल

काठमाडौँ, ५ वैशाख - प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले लागुऔषध नियन्त्रणका लागि सामूहिक प्रयासको खाँचो रहेको बताउनुभएको छ । 

प्रहरी प्रधान कार्यालयमा आज आयोजित ‘लागुऔषध अपराधको वर्तमान अवस्था र प्रभावकारी रोकथामका उपाय’ विषयक गोष्ठीमा उहाँले लागुऔषधमा संलग्न अपराधीलाई प्रहरीले पूर्ण लगावका साथ खटिएर स्थानीय निकायसँग समन्वय गरी निर्मूल गर्नुपर्ने बताउनुभयो । “विद्यालय, क्याम्पस स्थानीय तह र सीमावर्ती क्षेत्रमा तत्काल जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ,”– उहाँले भन्नुभयो । 

लागुऔषध नियन्त्रण ब्यूरोका प्रमुख प्रहरी नायव महानिरीक्षक ठूले राईले लागुऔषध नियन्त्रण तथा रोकथाममा अझ संवेदनशील भएर लाग्नुपर्ने बताउनुभयो । 

उहाँले लागुऔषधको वर्तमान अवस्था, चुनौती तथा समस्या, सुधारका प्रयास र भावी रणनीतिसम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । 

गृह मन्त्रालय लागुऔषध शाखाका उपसचिव कृष्णप्रसाद शर्माले लागुऔषध माग न्यूनीकरणमा गर्न सबै लाग्नुपर्ने बताउनुभएको थियो । कार्यक्रममा लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वर, केन्द्रीय विधिविज्ञान प्रयोगशाला महाराजगञ्ज, लागुऔषध शाखा कार्यालय विमानस्थल, महेन्द्रनगर, नेपालगञ्ज, पोखरा, भैरहवा, वीरगञ्ज र विराटनगरबाट लागुऔषधको वर्तमान अवस्था र चुनौतीका विषयमा प्रस्तुतीकरण दिइएको थियो । रासस 

salt training

कमेन्ट गर्नुहोस्