२८ जेठ २०८३, बिहीबार

राजस्थानमाथि कोलकाताको शानदार जित, पाँच खेलबाट ६ अंक बटुल्दै शीर्ष स्थानमा

राजस्थानमाथि कोलकाताको शानदार जित, पाँच खेलबाट ६ अंक बटुल्दै शीर्ष स्थानमा

काठमाडौं, ६ वैशाख– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गएराति सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सले तेस्रो जित दर्ता गरेको छ । ११ औँ संस्करणको  जारी प्रतियोगितामा कोलकता शीर्ष स्थान छ । 

जितपछि शीर्ष स्थानको कोलकाताको पाँच खेलबाट ६ अंक भएको छ ।  जयपुरको अवे मैदानमा भएको खेलमा कोलकाताले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको हो । 

घरेलु टोली राजस्थानले प्रस्तुत गरेको १६१ रनको लक्ष्य कोलकाताले १८ ओभर पाँच बलमा मात्रै तीन विकेटको क्षतिमा भेट्टायो । कोलकाताका रोबिन उथप्पाले ३६ बलमा ६ चौका र दुई छक्काको सहयोगमा ४८, कप्तान दिनेश कार्तिकले २३ बलमा नटआउट ४२ तथा नितिश राणले २७ बलमा नटआउट ३५ तथा सुनिल नरिनले २५ बलमा ३५ रन बनाए ।

यसअघि पहिले व्याटिङ्ग गरेको राजस्थानले ८ विकेटको क्षतिमा १६० रन बनायो । 

salt training

कमेन्ट गर्नुहोस्