काठमाडौं, ६ वैशाख– उत्तर कोरिया पूर्ण रूपमा पारमाणविक निश्शस्त्रीकरणका लागि सहमत नभएसम्म दबाब दिइरहनुपर्नेमा अमेरिका र जापान एक ठाउँमा उभिएका छन् ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प तथा जापानी प्रधानमन्त्री शिन्जो आबेले पूर्ण रूपमा पारमाणविक निश्शस्त्रीकरणका लागि सहमत नभएसम्म उत्तर कोरियामाथि अधिकतम दबाब दिइरहनुपर्ने बताएका हुन् ।
राष्ट्रपति ट्रम्पको फ्लोरिडास्थित मार आ लागो रिजोर्टमा बोल्दै दुई नेताहरूले यस्तो बताएका हुन् । ट्रम्पले उत्तर कोरियाली नेता किम जङ–अनसँग आफूले गर्ने भनेको शिखर बैठक सफल हुने अपेक्षा गरेको पनि बताएका छन् ।
तर, उक्त वार्ता विफल भए आफू सम्मानजनक ढङ्गले बैठकबाट बाहिरिने उनले उल्लेख गरे ।