१४ असार २०८३, आइतबार

पदाधिकारीको टुंगो लगाउने देउवाको योजना

बैशाख ६, २०७५
पदाधिकारीको टुंगो लगाउने देउवाको योजना

काठमाडौं, ६ वैशाख– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पदाधिकारी मनोनयनको विषयलाई टुंगो लगाउने योजनामा छन् । बाँकी रहेका पदाधिकारी मनोनयन गरी केन्द्रीय समितिबाट पारित गराउन प्रस्ताव पेस गर्ने तयारी उनले गरिरहेका छन् । 

केन्द्रीय समिति बैठकमा धारणा राख्नेक्रम सकिएपछि अन्तिममा पदाधिकारीको सूची पेस गर्ने तयारीमा उनी छन् । देउवाले विधानतः उपसभापति, एक महामन्त्री र सहमहामन्त्री मनोनयन गर्न सक्छन् ।

उनले मनोनीत गरेका पदाधिकारीलाई केन्द्रीय समिति बैठकमा निर्वा्चित केन्द्रीय सदस्यको बहुमतले अनुमोदन गर्नुपर्छ । देउवाले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मालाई मनोनयन गर्ने तयारी गरेको उनीनिकट नेताहरू बताउँछन् । 

उनले तय गरेका नाममा अन्य नेताले असन्तुष्टि जनाइरहेकाले यिनै नाम अनुमोदनका लागि पेस हुने वा नहुने भन्ने विषय द्विविधामै छ ।, नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्