३१ जेठ २०८३, आइतबार

ललितपुरमा आज यातायात अवरुद्ध हुने, वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह

ललितपुरमा आज यातायात अवरुद्ध हुने, वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह

ललितपुर, ६ वैशाख– ललितपुरमा आज तीन घण्टा यातायात अवरुद्ध हुने भएको छ । रातो मत्स्येन्द्रनाथको रथ तान्ने हुँदा ललितपुरका विभिन्न स्थानमा यातायात अवरुद्ध हुने भएको हो । 

ललितपुरको पुल्चोक, जावलाखेल र मंगलबजार क्षेत्रको यातायात अवरुद्ध हुने ललितपुर ट्राफिक प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रथ तान्ने कार्यक्रममा हजारौँ सर्वसाधारण सहभागी हुने भएकाले साँझ ४ बजेदेखि ७ बजेसम्म सो क्षेत्रमा यातायात आवगमन बन्द गरिनेछ । 

आज पुलचोकबाट गाबाहालसम्म मत्स्येन्द्रनाथको रथलाई तानिने बताइएको छ । सो समयमा ट्राफिक प्रहरीले जामबाट बच्न वैकल्पिक बाटोको प्रयोग गर्न सुझाव दिएको छ ।

कहाँ–कहाँ यातायात प्रभावित हुनेछ ?
जावलाखेल–दमकल–पुल्चोक
मंगलबार–पुल्चोक


वैकल्पिक मार्ग
माइक्रो बस, मिनीबसलाई
जवलाखेल–चिडियाघर–झम्सीखेल–कानदेवता
जावलाखेल–अल्का अस्पताल–सुमेरु अस्पताल–झम्सीखेल–कानदेवता
पुलचोक–सुजुकी मोड–झम्सीखेल–भनिमण्डल–एकान्तकुना वा जावलाखेल
 

salt training

कमेन्ट गर्नुहोस्