
काठमाडौं, ६ वैशाख- नेपाल क्रिकेट संघ क्यानको विशेष साधारणसभा शुरु भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको प्रतिबन्धका झेलिरहेको क्यानको यो साधारणसभालाई निकै नै महत्त्वका साथ हेरिएको छ ।
आईसीसीले बनाएको सल्लाहकार समितिले तयार पारेको मस्यौदा विधानलाई यस साधारणसभाले पारित गर्ने अपेक्षा गरिएको छ ।
क्यानमा राजनीतिक हस्तक्षेप भएको भन्दै निलम्बन गरेको आईसीसीले सल्लाहकार समितिले तयार पारेको विधान जस्ताको तस्तै पारित गरे क्यानमाथिको प्रतिबन्ध फुकुवा गर्न सकिने संकेत गरिसकेको छ ।
साधारणसभामा आईसीसीका प्रतिनिधि इमरान ख्वाजा पनि उपस्थित छन् ।
बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा शुरु भएको साधारणसभा २ दिन चल्नेछ । साधारणसभाले क्यानको नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।