२३ जेठ २०८३, शनिबार

बलिउडका स्टार जो शाकाहारी छन्

बैशाख १०, २०७५
बलिउडका स्टार जो शाकाहारी छन्

बलिउडमा अमिताभ बच्चनदेखि कैयौँ चर्चित सेलेब्रिटी शाकाहारी छन् । शाकाहारी अमिताभको अभिनयसँगै फिटनेसको पनि उत्तिकै चर्चा हुन्छ । किनभने, ७४ वर्षको उमेरमा पनि उनी तगडा देखिन्छन् । बलिउडका अरू पनि स्टार छन्, जो शाकाहारी छन् र फिट पनि :

अमिताभ बच्चन
अमिताभ बच्चनलाई भिँडीको तरकारी सबैभन्दा बढी मनपर्ने परिकार हो । पालक पनिर पनि उनको मनपर्ने परिकारमा पर्छ । दालमा मुङ रोज्छन्, उनी । हरेक दिन स्प्रोउट्स खान्छन् ।

अनुष्का शर्मा
अनुष्कालाई पनिर र हरियो तरकारी मन पर्छ । उनी दैनिक प्रोटिन सेक पिउन मन पराउँछिन् ।

धनुष
चर्चित साउथ इन्डियन अभिनेता धनुषलाई साउथ इन्डियन परिकार नै बढी मन पर्छ । सेबई उनको सबैभन्दा मन पर्ने परिकार हो । अचार र चनाको तरकारी भनेपछि उनी हुरुक्कै हुन्छन् ।

ज्याकलिन फर्नान्डिज
ज्याकलिन ओट्स र ब्राउन राइस दैनिक खान्छिन् । तिलको अचार र हरियो सलादमा उनको जिब्रो उत्तिकै लट्ठिन्छ । विभिन्न किसिमका सुप पनि ज्याकलिनको रोजाइमा पर्छ । तर, हरेक परिकार कम तेल राखेर पकाएको मात्रै खान रुचाउँछिन् ।

कंगना रनावत
कंगना पुलाउको सौखिन छिन् । ग्रिल्ड भेजिटेबल र स्यान्डविच पनि उनले रुचाउने परिकार हुन् । कंगनालाई कास्मिरी परिकार र चाट खान मन पर्छ ।

करिना कपूर
करिनालाई तिलको लड्डु औधी मन पर्छ । सक्खर र रोटीको स्वाद पनि उनको रोजाइमा पर्छ । करिना दही नियमित सेवन गर्छिन् ।

शाहिद कपूर
राजमा र स्वायाबिन शाहिदका मनपर्ने परिकार हुन् । त्यसो त पकौडा देखेपछि उनको मुख रसाउँछ । पाएसम्म पकौडा छाड्ने बानी छैन ।

सोनम कपुर
सोनमलाई पालक, ब्रोकाउली, एबोकाडो र तन्दुरी मन पर्छ । नरिबलको पानी र दहीमा उत्तिकै लोभिन्छिन् ।

salt training

कमेन्ट गर्नुहोस्