२८ जेठ २०८३, बिहीबार

स्थानीय तहमा कार्यक्षेत्र बढाउँदै अख्तियार

बैशाख १०, २०७५
स्थानीय तहमा कार्यक्षेत्र बढाउँदै अख्तियार

काठमाडौं, १० वैशाख– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारजन्य गतिविधि नियन्त्रणका लागि स्थानीय तहमा पनि सक्रियता बढाउने भएको छ । 

आधारभूत स्तरमा नै अनियमितता व्याप्त रहेको भन्दै अख्तियारले स्थानीय तहलाई पनि कार्यक्षेत्र बनाउन लागेको हो । खासगरेर स्थानीय तहले सञ्चालन गर्ने विकास निर्माणदेखि प्रशासनिक काममा निगरानी बढाउने गरी अख्तियारले तयारी थालेको हो । 

अख्तियारले पूर्व तयारीस्वरुपम प्रदेशगत रुपमा स्थानीय तहका जनप्रतिनिधिसँग छलफल समेत चलाएको छ । अख्तियारले अहिलेसम्म प्रदेश १, २ र ३ नम्बरका स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतसँग छलफल गरिसकेको छ । 

भ्रष्टाचारजन्य गतिविधि नियन्त्रण, भ्रष्टाचार नियन्त्रणका लागि समन्वयकारी भूमिका निर्वाह गर्न र सूचना आदान–प्रदानका लागि निर्धारित कार्यक्रम अनुसारै स्थानीयत तहका प्रतिनिधिसँग छलफल चलाइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता दीर्घराज मैनालीले लोकान्तरलाई बताए । 
 
 

salt training

कमेन्ट गर्नुहोस्