३० असार २०८३, मंगलबार

महिलाले लुगा फेरेको फोटो खिच्ने बेलायती पक्राउ

कात्तिक २०, २०७४
महिलाले लुगा फेरेको फोटो खिच्ने बेलायती पक्राउ
काठमाडौं, २७ मंसिर — एकजना बेलायतीलाई अस्ट्रेलियाका कपडा पसलमा गएर महिलाले लुगा फेरेको फोटो गोप्यतापूर्वक खिचेको आरोपमा पक्राउ गरिएको छ ।


उक्त २८ वर्षीय व्यक्तिलाई क्वीन्स्ल्यान्डको सनशाइन कोस्टस्थित पौडी कपडाको पसलमा शनिवार दिउँसो गिरफ्तार गरिएको थियो ।

उसको फोनबाट लुगा खोलिरहेका सयभन्दा बढी महिलाका भिडियो र फोटो बरामद भएको थियो ।

धेरैजसो फोटाहरू एक निजी फेसबूक अकाउन्टमा अपलोड गरिएको थियो ।

शनिवार उक्त व्यक्ति लुगा फेर्ने कोठोमाथि बसेर फोन चलाइरहेको देखिएपछि एक ग्राहकले हल्ला गरेका थिए ।

अस्ट्रेलियामा वर्किङ भिसा लिएका ती बेलायतीलाई गोपनीयता हनन सम्बन्धी ५४ वटा मुद्दा लगाइएको छ । उनी आज सोमवार अदालतमा उपस्थित भए ।

फोटोमा देखिएका ४९ महिलालाई पहिचान गरिसकिएको प्रहरीले बतायो ।

अन्य महिलालाई पनि अगाडि आउन प्रहरीले अनुरोध गरेको छ ।

बीबीसी

salt training

कमेन्ट गर्नुहोस्