
भक्तपुर, ११ बैशाख-चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको भक्तपुर दुवाकोटमा रहेको १७४ रोपनी जग्गा नेपाल इन्जिनियरिङ कलेज(नेक)को नाममा गराउन चलखेल भएको छ ।
सो जग्गा नेकको नाममा ल्याउनकै लागि चाँगुनारायण नगरपालिका प्रमुख सोमप्रसाद मिश्रलाई सञ्चालक समितिमा मनोनीत गरिएको छ । नेकले भोगचलन गरिरहेको अस्पतालको जग्गा कलेजलाई दिलाउन प्रमुख मिश्रलाई सञ्चालक समितिमा मनोनीत गरिएको खुलासा भएको हो ।
नेकको १८०औं बैठकले नगर प्रमुख मिश्रलाई सञ्चालक समितिमा मनोनीत गरेको देखिन्छ । त्यसपछि नेकको १८४औं बैठकले नगर प्रमुख मिश्रलाई जग्गा आफ्नो नाममा सार्नका लागि जिम्मा दिएको छ ।
वीर अस्पतालको नाममा रहेको ५७० रोपनी जग्गामा ५० रोपनी अझ गायब भएको जमिन खोज्न सहयोग गर्नुको साटो कलेजले भोग चलन गरेको जमिन दिलाउन नगर प्रमुख आफैं लाग्नु लाजमर्दो भएको स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति गणेश गुरुङ बताउँछन्, राजधानी दैनिकमा खबरछ |