२३ जेठ २०८३, शनिबार

कांग्रेसको चुनावी समीक्षा बैठक आज पनि जारी

बैशाख ११, २०७५
कांग्रेसको चुनावी समीक्षा बैठक आज पनि जारी

काठमाडौं, ११ वैशाख– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा निर्वाचनमा पार्टीले बेहोरेको हारको समीक्षा भइरहेको छ ।

बैठकमा हालसम्म ६० जना केन्द्रीय सदस्यले धारणा राखिसकेका छन् । निर्वाचन पराजयको समीक्षा गर्न चैत ९ गतेदेखि जारी केन्द्रीय समिति बैठकमा आज केन्द्रीय सदस्य गगन थापालगायतले धारणा राख्ने कार्यसूची रहेको छ ।

केन्द्रीय सदस्यले आफ्नो भनाइ राखिसके पछि सभापति शेरबहादुर देउवाले पदाधिकारी टुंगो लगाउने तयारी गरेका छन् । सभापति देउवाले बाँकी रहेका पदाधिकारी मनोनयन गरी केन्द्रीय समितिबाट पारित गराउन प्रस्ताव पेस गर्ने तयारी गरेको उनको निजी सचिवालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्