२८ जेठ २०८३, बिहीबार

हात्तीकाे अाक्रमणबाट महिलाकाे मृत्यु

बैशाख ११, २०७५
हात्तीकाे अाक्रमणबाट महिलाकाे मृत्यु

राजविराज, ११ वैशाख– सप्तरीको कञ्चनरुप नगरपालिका–११ स्थित ठेलियामा हात्तीको आक्रमणबाट आज बिहान एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । 

कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको जंगली हात्तीको आक्रमणबाट स्थानीयवासी ४५ वर्षीया दुर्गीदेवी यादवको मृत्यु भएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए । सो आरक्ष क्षेत्रबाट आएको हात्तीले आफ्नै घरमा सुतिरहेका अवस्थामा यादवमाथि आक्रमण गरेको थियो । हात्तीले यादवको घरसमेत भत्काएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

केही दिनयता जिल्लाको पूर्वी उत्तरी भेगमा पर्ने सप्तकोशी र कञ्चनरुप नगरपालिका क्षेत्रमा दिनहुँ हात्ती आतंक बढेको भए पनि स्थानीय प्रशासनले नियन्त्रण गर्न नसकेको स्थानीय बासिन्दाको गुनासो छ । 

salt training

कमेन्ट गर्नुहोस्