२३ जेठ २०८३, शनिबार

प्रदेश दुईमा १ अर्बको बजेट : सांसदलाई १० लाख, शहीदले पाएनन् !

बैशाख ११, २०७५
प्रदेश दुईमा १ अर्बको बजेट : सांसदलाई १० लाख, शहीदले पाएनन् !

जनकपुरधाम ११ वैशाख– प्रदेश नम्बर २ को प्रदेश सरकारले मंगलवार प्रदेश सभामा बजेट पेश गरेको छ । प्रदेश सभाको मंगलवार बसेको बैठकमा अर्थ तथा योजना मन्त्री विजय यादवले १ अर्ब २ करोड ५ लाख बराबरको बजेट सार्वजनिक गरेका हुन् ।

चालु ७५ करोड ८० लाख ३१ हजार र पूँजीगत तर्फ ४४ करोड २४ लाख ६८ हजार छुट्टाइएको छ । बजेटमा प्रदेश सांसदका लागि सांसद विकास कोषमा १० लाख बिनियोजन गरिएको छ ।

मधेस आन्दोलनका शहीदको लागि भने कुनै नयाँ कार्यक्रम नआएको सांसदहरुले बताएका छन् । यसअघि मधेश आन्दोलनका क्रममा मधेसवादी दलहरुले मधेस सरकार गठन भएपछि ५० लाख रुपैया दिने घोषणा गरेका थिए । 

'मुख्यमन्त्री बेटी बेटी पढाऔं बेटी बचाऔ अभियान'का लागि ८० लाख रुपैया छुट्टाइएको छ । प्राकृतिक विपद् कोषका लागि २ करोड रुपैया र राहात पुनस्थापनाका लागि 'मुख्यमन्त्री राहात तथा पुनस्थापना कोष'का लागि ५ करोड रुपैया छुट्टाइएको छ । 

कृषि र सिंचाइका लागि ९ करोड तथा 'स्वच्छ प्रदेश स्वच्छ जनाता' मुख्यमन्त्री स्वच्छता अभियानका लागि १ करोड ५० लाख छुट्टाइएको छ ।

सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बजेटले प्राथमिकता दिएको मन्त्री यादवले बताए । प्रदेश सभाको मंगलवार नै बस्ने दोस्रो बैठकमा बजेटमाथि छलफल गर्ने कार्यक्रम छ ।
 

salt training

कमेन्ट गर्नुहोस्