०३ असार २०८३, बुधबार

छ दिनमै बालविवाह रद्द

बैशाख ११, २०७५
छ दिनमै बालविवाह रद्द

रुकुम, ११ वैशाख- विवाह गरेको ६ दिनमै यहाँका एक जोडीको विवाह रद्द भएको छ । 

जिल्लाको सानीभेरी गाउँपालिका–३ का १७ वर्षीय एक बालक र वडा नं ४ की १९ वर्षीया बालिकाबीच भएको विवाह रद्द भएको हो । 

उम्मेर नपुग्दै बाल विवाह गरेको भन्दै यहाँ रहेका मौराखारा वडास्तरीय बाल सञ्जालले प्रहरीसमक्ष निवेदन दिएपछि विवाह रद्द भएको हो । 

आज प्रहरी चौकी सिम्लीमा दुवै पक्षको छलफलबाट विवाह रद्द गरेर ती बालबालिकालाई आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएको छ । दुवैका आमाबुबाको मञ्जुरीमा गत वैशाख ५ गते उनीहरुको मागी विवाह भएको थियो । तर यहाँको बाल सञ्जालले बाल विवाहमुक्त गाउँपालिका बनाउन सक्रिय भएकाले विवाह रद्द गरिएको बताएको छ । 

यो सँगै यहाँ अहिलेसम्म ११ जोडिको यस्ता बाल विवाह रद्द भएका छन् । बाल सञ्जालको सक्रियतामा यहाँ बाल विवाह न्यूनीकरण हुँदै आएको बताएको छ । 

salt training

कमेन्ट गर्नुहोस्