
काठमाडौँ, १२ बैशाख- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैध रुपमा बाहिरिएको ३३ किलो सुन प्रकरण अनुसन्धानको सिलसिलामा गठित उच्चस्तरीय छानबिन समितिले बहालवाला एसपी विकासराज खनाललाई नियन्त्रणमा लिएको छ, कान्तिपुरमा खबर छ ।
मकवानपुरमा कार्यरत खनाललाई मंगलबार बयानका लागि गृहमन्त्रालय डाकिएको थियो । बयान सकेलगत्तै समितिको निर्देशनमा उनलाई नियन्त्रणमा लिएर नक्सालस्थित १ नम्बर गणमा पुर्याइएको थियो । छानबिन कमिटीले इटहरीमा कार्यरत डिएसपी सञ्जय राउतको पनि बयान लिएको थियो । स्रोतका अनुसार राउत भने बयान नसकिँदै गृहमन्त्रालयबाट सुटुक्क बेपत्ता भएका थिए ।
नियन्त्रणमा लिइएका खनाल एक वर्षअघि त्रिभुवन विमानस्थलमा कार्यरत थिए ।