
पाँच साल पुरानो यौन शोषणको मामलामा आसाराम बापूलाई भारतको एक अदालतले दोषी ठहर गरेको छ ।
सुरक्षाका कारण जेलमा नै अदालती कारवाही गरिएको थियो । न्यायाधीश मधुसूदनको मामलामा सुनुवाई गरेका थिए ।
आसारामसहित शिल्पी तथा शरतचन्दलाई पनि दोषी करार गरिएको थियो तर शिवा तथा प्रकाशको उमेर कभ भएको भन्दै उनीहरुलाई छोड्न आदेश दिएएको छ ।
उनीमाथि कति समयको जेल हुने भन्ने फैसला भने भइसकेको छैन । ७७ वर्षीय आसाराममाथि २०१३ मा १६ वर्षकी किशोरीमाथि बलात्कार गरेको आरोप लागेको थियो । किशोरीका आमाबाबु भने आसारामका भक्त थिए ।
फैसला भन्दा पहिला आसारामले १५ मिनेट पूजा गरेका थिए । आसारामले चिठ्ठि लेखेर आफ्नो भक्तहरुलाई शान्ति व्यवस्था बनाएर राख्न अपिल गरेका थिए ।
बालात्कारी ‘बाबा’ आसारामको सम्पत्ति–४ सय आश्रम, २ हजार ३ सय करोडको सम्पत्ति
यहीबाट उनको साम्राज्य खडा हुन शुरु भएको थियो । उनको आध्यात्मिक काम विस्तारै विस्तारै गुजरातको शहर हुँदै देशभर नै फैलिएको थियो । फेरि नेपाल लगायत विदेशमा पनि फैलिएको थियो ।
२०१६ मा भारतको आयकर विभागले आसारामको २ हजार ३ सय करोडको अघोषित सम्पत्ति सार्वजनिक गरेको थियो ।
आसारामको विश्वभर ४ सय आश्रम रहेको र त्यसको माध्यमबाट भक्तहरुबाट रकम उठाउने गरेको समाचारहरु सार्वजनिक भएका थिए ।
भक्तले दिएको रकमबाट उनले कारोबार बढाए । त्यसबाट पत्रिका, प्रार्थना पुस्तक, सीडि, साबुन आदीको व्यापार पनि शुरु गरे ।
त्यति मात्र होइन आश्रमको नामममा कयौं एकड जमिन पहि हडपिएको थियो । आश्रमबाट प्रकाशन हुने दुई पत्रिका ऋषिप्रसाद तथा लोक कल्याण सेतुको १४ लाख कपी विक्रिहुने गरेको थियो । जसबाट वार्षिक १० करोड भन्दा धेरै रकम कमाइ हुने गरेको थियो ।
भक्तलाई आकर्षित गर्न आसारामले आफ्नो प्रवचनपछि निशुल्क खाना खाने व्यवस्था समेत गरेका थिए । जसका कारण उनका समर्थकको वृद्धिसमेत भएको थियो ।
आसारामको आधिकारिक वेभसाइटका अनुसार आज विश्वभर उनका चार करोड अनुयायी छन् ।
उनको भक्तको सूचीमा भारतका पूर्व प्रधानमन्त्री अटल विहारी बाजपेयीका साथ साथ भारतीय जनता पार्टीका लालकृष्ण आडवाणी तथा नितिन गडकरी, नरेन्द्र मोदी जस्ता दिग्गज नेतापनि सामेल छन् ।