२६ जेठ २०८३, मंगलबार

राम्रो कामको थालनी गर्छु : मुख्यमन्त्री भट्ट

बैशाख १२, २०७५
राम्रो कामको थालनी गर्छु : मुख्यमन्त्री भट्ट

कैलाली, १२ वैशाख-प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो कार्यकालमा राम्रा कार्यको थालनी गर्ने बताएका छन् ।

सुदूरपश्चिमेली नेपाली समाज– भारत समितिको प्रथम महाधिवेशन आज यहाँ शुभारम्भ गर्दै उनले आफ्नो कार्यकालमा धेरै काम गर्न नसकिए तापनि रोजगारीका लागि भारत जाने बेराजगार नेपाली युवाको जमातलाई स्वेदेशमै रोजगारीको व्यवस्थापन गर्न आवश्यक कदम चालिनेमा जोड दिए ।

देशलाई समृद्धिको बाटोमा अगाडि बढाउनका लागि स्वदेशमै श्रम र मिहेनत गर्नुपर्नेमा जोड दिंदै मुख्यमन्त्री भट्टले प्रदेश नं ७ लाई सफल बनाउन प्रवासी नेपालीको पनि अहम भूमिका रहने चर्चा गरे । 

प्रवासी नेपालीसंग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताउदै मुख्यमन्त्री उनले भने, “यो चौकीदारलाई सफल पार्नका लागि तपार्इंहरुले पनि साथ दिनुपर्दछ र साथको लागि आग्रह गर्दछु ।” 

समितिका संयोजक दीपक प्रकाश मल्लले बेरोजगारको समस्या समाधानका लागि स्वदेशमै रोजगारको व्यवस्था गर्नु आवश्यक रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्