०१ असार २०८३, सोमबार

छोराले आमालाई र भाइले बहिनीलाई किन गर्छन् बलात्कार ?

बैशाख १२, २०७५
छोराले आमालाई र भाइले बहिनीलाई किन गर्छन् बलात्कार ?

छोराले आफूलाई बलात्कार गर्न खोजेको आरोप एक जना आमाले लगाएकी छिन् । 

घटना भारत गुजरातको पाटन को हो । पाटन को पालनपुरमा बस्ने लीला (परिवर्तित नाम) ले आफ्नो  २२  वर्षको छोरामाथि बलात्कार आरोप दर्ता गरेकी छिन् । 

लीलाका अनुसार १९  अप्रिलको रातमा उनी घरभन्दा बाहिर छतमा सुतिरहेकी थिइन् । बीच रातमा उठेर जब उनी पानी पीउन घर भित्र गइन् तब किशोरले ढोका बन्द गरेर जबरजस्ती गरेका थिए । 

लीलाले पुलिसलाई बताइन कि उनका छोरालाई पोर्न(अश्लिल फिल्म) हेर्ने लत थियो । 

उनी आमा र बहिनी अगाडि पनि यस्तो हर्कत गर्थे । 

नजिकको नातामा रेपको मामला पहिला पनि आउने गरेका थिए ।

भाईले बहिनीसँग तथा बुबाले  छोरीलाई बतात्कार गर्ने गरेको मामला बेलाबखतमा सार्वजनिक हुने गरेको छ । 

पहलो पटक यो पत्याउन पनि मुस्किल हुन्छ । यो मुस्किलका बीच प्रश्न उठ्छ आखिर नजिकको सम्बन्धमा पनि यस्तो जघन्य अपराध किन हुन्छ ?

के यो मानसिक रोग हो ?

मनोवैज्ञानिक डा. अरुणा ब्रूटा भन्छिन्, यस्तो अपराध गर्नेवाला व्यक्ति सामान्य हुन सक्दैन । जरूर उ कुनै मनोरोगबाट ग्रसित हुन्छ । तर घरवाला यसलाई स्वीकार गर्दैनन् । 

यसकारण उपचार हुँदैन र यस्तो अवस्था आउने गरेको छ । 

अर्कोतर्फ यस्तो घटना घरहरुमा हुने गरेको छ तर लाजका कारण सार्वजनिक हुने गरेको छैन । 

मनोचिकित्सक डा‍ प्रवीण त्रिपाठी भन्छन्, कि यस्तो व्यक्तिले नाता गोताको मर्यादालाई बुज्दैनन् । 

उनीहरुको मानसिकता स्वस्थ हुँदैन र  दिमाग़मा विचार गडबढ हुन्छ । 

डा. अरुणा ब्रूटाका अनुसार दुई खालका मनोरोग हुन्छ । एक बाइपोलर डिप्रेसिव डिसऑर्डर र अर्को स्कित्ज़ोफ्रीनिया।

बाइपोलर डिसऑर्डरको एक चरण हुने गर्छ जसमा कुनै व्यक्तिको मानसिक स्थिति पागलपन को हद सम्म जान्छ । 

यस्तो बिरामीमा व्यक्ति को व्यवहार डिसअर्डर हुन्छ ।  पटक पटक उसको स्वभाव बदलिन्छ ।  उनको सोच में उलझन आउँछ । उसमा धड्कन बढ्छ र यस्तो अवस्थामा उ अपराध तर्फ जान सक्छ । 

डा ब्रूटा का अनुसार यस्तो मानिस समाजदेखि पनि टाढा हुन्छ । उसलाई सामान्य व्यवहार कस्तो हुन्छ र सामाजिक नियम कसरी काम गर्छन् यो थाहा हुँदैन । 

आखिर यो बीमारी कसरी हुन्छ भन्ने प्रश्नमा डा प्रवीण त्रिपाठी भन्छन्, कसैमा पनि यो बीमारी आफै आउन सक्छ । 

तर यस्तो परिवारमा पनि यो देखिन्छ कि जसमा सामाजिक मेलमिलाप कम हुन्छ । 

यसबाट बच्चामा पनि सामाज तथा सम्बन्धको नियमको बुझाइ कम हुन सक्छ । 

आनुवांशिक (जेनेटिक) कारण
 

जानकार भन्छन् कि यस्तो मनोरोगको पछि आनुवांशिक कारण पनि जिम्मेवार हुन्छन् । 

अरुणा ब्रूटा का अनुसार यदी परिवारमा आमा बुवा, हजुरबुवा हजुरआमा, दाजु बहिनीमा वा नजिकको सम्बन्धमा यस्तो समस्या आए आगामी पिढीमा पनि समस्या हुनसक्छ । 

आफ्नो छोराको बढ्दो सेक्शुअल ऐक्टिविटी लाई लिएर उपचार गर्न आएकी एक महिलाले डा ब्रूटालाई बताइन् कि जब उनी विवाह गरेर आइन तब बच्चाका हजुरबुबाले छेडछाड गर्ने प्रयास गरेका थिए । 

डा. ब्रूटा का अनुसार बच्चाका हजुरबुका पनि कुनै न कुनै मनोरोगबाट ग्रसित थिए । 

तर मानिसले यो व्यक्तिको हेराइ नराम्रो छ भन्ने मात्र बुझछन् र बचेर रहन मात्र सल्लाह दिन्छन् । तर यसको उपचार गर्न आवश्यक छ भन्ने कसैले सोच्दैनन् । जसको परिणाम विस्तार विस्तार अपराध तर्फ जान्छ । 

पोर्न एडिक्शन कति जिम्मेवार ?

गुजरातमा आमासँग बलात्कार प्रयास गर्ने युवकलाई पोर्न देख्ने बानी थियो । 

आजकल मोबाइल, टीवीका माध्यमबाट यी चीजसम्म पहुंच बनायउन सजिलो भएको छ । 

पोर्न हेर्ने बानीले यस्तो अपराधमा के भूमिका खेल्छ ? के यो आदत भएका व्यक्ति अपराध तर्फ आकर्षित हुन्छन् ?

यस बारेमा सेक्सोलॉजिस्ट डा प्रकाश कोठारी भन्छन्,लगातार पोर्न हेर्ने र सेक्शुअल गेम खेल्ने व्यक्ति को उत्तेजना बढ्छ । उनीहरुमा सेक्शुअल फ़्रस्ट्रेशन बढ्दै जान्छ । यो पूर्ण रुपमा अपराधका लागि जिम्मेवार हुँदैन तर आपराधिक भावनालाई बढावा दिन्छ । 

डा ब्रूटा बताउँछिन् कि उनकोमा युवा तथा युवती दुवैको यस्तो समस्या लिएर आउँछन् जसलाई पोर्न हेर्न बानी परेको हुन्छ । 

जब कोई लगातार यसमा लिप्त हुन्छ तब उसकी मानसिक स्थिति अरु बिग्रन जान्छ ।

के हो समाधान

यस बारेमा डा प्रवीण त्रिपाठी भन्छन् कि यी मामला मा व्यक्ति को व्यवहार माथि  नजर राख्नु पर्ने हुन्छ  । 

यदी कोही एक पटक छेडछाड गर्ने अवस्थामा उत्रिन्छ भने गम्भीरतासँग सोच्नु पर्छ । उ डरका कारण केहीसमय चुपलागेपनि अर्कोपटक यस्तै गर्ने सम्भावना हुन्छ । 

अरुणा ब्रूटा बताउँछिन् कि यो समस्या एकैपटक आउने होइन । यो लक्षण पहिला देखिनै देखिन्छ । 

डा. अरुणा ब्रूटा ले बताए अनुसार रगतको नामाबीच हुने व्यवहारमा ध्यान दिन आवश्यक छ । 

जस्तै भाइ बहिनीको झगडा एक सामान्य कुरा भएपनि उनीहरु धेरै झगडा गर्छन् भने याद गर्नुपर्ने हुन्छ । साना साना कुरा मा पनि नजर राख्नु आवश्यक हुन्छ । उनीहरुको एक अर्काप्रतिको दृष्टिकोणमा पनि ख्याल गर्नु आवश्यक हुन्छ ।

यदी तपाईलाई कुनै पनि संका लागेको खण्डमा उसलाई चिकित्सकसँग लानु आवश्यक हुन्छ । यो एक मनोरोग हो जो दबाइ तथा काउन्सिलिङको माध्यमबाट ठिक हुन सक्छ । 

नजिकको सम्बन्धमा मात्र होइन यस्तो व्यवहार हुनेमाथि पनि जरुर उठाउन आवश्यक छ । 

बीबीसी हिन्दीबाट

salt training

कमेन्ट गर्नुहोस्